आषाढ ०४,२०७४
-
असार ४ –
क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि होडमा आज डिफेन्डिग च्याम्पियन भारत र पाकिस्तान भिड्दैछन् ।
लन्डनको ओवल मैदानमा आज (आईतबार) हुन् लागेको च्याम्पियन्स ट्रफीको फाइनल खेल निकै नै रोमान्चक हुनेछ ।
यस प्रतियोगिताको समुह ‘बी’मा रहेका दुवै टोली यस अघि पनि समुह चरणको पहिलो खेलमा आमने सामने भइसकेका छन् । साबिक विजेता भारतले पाकिस्तानलाई उक्त खेलमा १ सय २४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । वर्षाले प्रभावित उक्त खेलमा भारतले चौका छकका प्रहर गर्दै थुप्रै रन बटुलेर पाकिस्तानलाई निथ्रुकै रुझाएको थियो ।
प्रतियोगिताकै कम्जोर दाबेदार मानिएको पाकिस्तानले यस पछि श्रीलंका र दक्षिण अफ्रीकालाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो । भारत भने श्रीलंकासंग १९ रनले पराजित हुन् पुग्यो ।
सुरुमा कम्जोर देखिएको पाकिस्तानले अपत्यारिलो ढंगले प्रतियोगिताकै दाबेदार मानिएको इंगल्यान्डलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक फाइनलमा प्रवेस गरेको थियो । यता भारतले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
यसरी प्रतियोगिताकै दाबेदार मानिएको इंगल्यान्डलाई हराएको पाकिस्तानलाई आफ्ना पछिल्ला खेलहरुसंग दाजेर भारतले कम्जोर भने मान्नु हुन्न् ।
यस अघि आइसिसी क्रिकेटमा भारत र पाकिस्तान १० वर्ष अघि २००७ मा फाइनलमा आमने सामने भएका थिए जसमा भारत भाग्यमानी ठहरिएको थियो । भारतले ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिंगमा उत्रेको पाकिस्तान १९ दशमलव ३ ओभरमा १ सय ५२ रनमा अल आउट हुँदै ५ रनले खेल हर्न पुगेको थियो ।
पाकिस्तानलाई भारतसंग बदला लिने राम्रो अवसर जुटेको छ यसअर्थमा पनि पाकिस्तानका लागि आजको खेल निकै नै महत्वपूर्ण रहेको छ ।
पाकिस्तानले आजको खेल जिते च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तान पहिलो पल्ट विजेता बन्नेछ भने भारत विजयी भए सर्वाधिक ३ पटक उपाधि विजेता बन्नेछ ।
प्रमुख समाचार
सम्वन्धित समाचार