Trending :
 

मनोरञ्जन गतिविधि

चर्चित हाँस्य कलाकार कपिल शर्मा समस्या नै समस्यामा

'प्रमुख तीनै कलाकारले 'शो' छोडेर हिंडेपछि कपिल एक्लिए'

चैत्र १३,२०७३

-

 १३,२०७३चैत्र, मुम्बई-

यतिबेला भारतका चर्चित हाँस्य कलाकार कपिल शर्मा एक्लो भएका छन् |

पछिल्लो केही समय अगाडि आफ्नो प्रख्यात कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ कार्यक्रमका प्रमुख पात्र सुनिल ग्रोवरसँग झगडा परेको समाचार सार्वजनिक भएपछि शर्मा समस्यामा पर्दै गएको विभिन्न भारतीय संचार माध्यमहरुले जनाएका छन् |

गत शुक्रबार एयर इन्डियाको विमानबाट अस्ट्रेलियाको कार्यक्रम सकाएर कपिलसहित उनको टिम भारत फर्किरहेको थियो | रक्सीले मातेका कपिल आफू भन्दा अघि अरुले खाना खाएको भनेर रिसाएका थिए | आफूले खानुभन्दा अघि अरुले किन खाएको भन्दै उनले सबैलाई ठूलो स्वरले कराएका थए । उनी कराएपछि उनका टोली सदस्यले प्लेट फर्काएका थिए |

सोही विवादमा कपिल रिसाएपछि कपिललाई शान्त पार्न खोज्दा कपिलले सुनिललाई जुत्ता खोलेर पिटेका थिए | सुनिललाई कपिलले पटक-पटक यसरी हानेको र यस पटक कपिलको पिटाईबाट नजिकै रहेकी एक महिलालाई समेत चोट लागेको थियो | 

सामाजिक सन्जालमार्फत यो घटना सार्वजनिक भएपछि कपिलले सुनिलसँग माफी मागेका थिए | तर सुनिलले उनलाई  ‘जति जनावरको माया गर्छौ त्यति मानिसलाई पनि माया गर्न सिक’ भन्ने जवाफ फर्काएका थिए |

सोही घटना लगत्तै सुनिलले कार्यक्रम छोडेका थिए | सुनिलले मात्रै होइन उनी लगत्तै अन्य दुई प्रमुख कलाकार अली असगर र चन्दन प्रभाकरले पनि शो छोडेका हिँडेका थिए |

यसरी कार्यक्रमका प्रमुख तीन कलाकारले नै कार्यक्रम छोडेर हिंडेपछि कपिल एक्लो भएका हुन् |

कार्यक्रममा आउनका लागि निमन्त्रणा गरिएका नयाँ कलाकारहरु समेत सुटिङ्गमा नआएपछि कपिल झन् समस्यामा परेका छन् |