Trending :
 

अष्ट्रेलियामा विमान दुर्घटना, तिनको मृत्यु

माघ ०९,२०७६

-

काठमाडौं । अष्ट्रेलियामा डढेलो नियन्त्रणमा संलग्न एक विमान आज विहिवार विहान दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको सुरक्षा अधिकारीले जनाएका छन् । 
उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो । 
खोजको केही पछि नै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउयुक्त पहाडमा ठोक्किएको जानकारी दिए । नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताए । कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए । केहि दिन अघि अष्ट्रेलियाको घना जंगलमा आगलागी भएको थियो । कतिपय स्थानमा अझै आगो नियन्त्रणमा आएको छैन । 
(समाचार एजेन्सीको सहयोगमा)