Trending :
 

एनएफडिसी फिल्म अवार्डमा छक्का पञ्जाको वर्चस्व, अन्य क-कसले पाए कुन अवार्ड?

आषाढ ०४,२०७४

-

असार ४ -

जेठ ५ गते एनएफडिसी फिल्म अवार्डको मनोनयन सार्वजनिक भयो ।

'हिजोलाई सम्मान, आजलाई प्रोत्साहन, भोलिलाई उत्थान' भन्ने मूल नारासहित आयोजना भएको 'एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार-२०७३' मा छक्कापञ्जा उत्कृष्ट चलचित्र घोषित भएको थियो ।

अवार्डको पाँचौ संस्करणका लागि घोषित २१ विधामध्ये फिल्म 'छक्कापञ्जा' सर्वाधिक १५ विधामा मनोनित थियो । छक्कापञ्जाबाटै दीपाश्री निरौलाले उत्कृष्ट निर्देशक, प्रियंका कार्कीले  उत्कृष्ट अभिनेत्री, केदार घिमिरे उत्कृष्ट हास्यकलाकार घोषित भए। फिल्मले उत्कृष्ट व्यवसायिक फिल्मको पनि अवार्ड पायो।

उत्कृष्ट अभिनेताको अवार्ड जात्राबाट विपिन कार्कीले हात पारे।

शनिबार सम्पन्न कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको उपस्थिति रहेको थियो ।

फिल्म क्षेत्रका विभिन्न २१ विधा र व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको थियो । अनुराधा कोइराला, मनिसा कोइराला लगायतकाको कार्यक्रममा विशेष उपस्थिति थियो ।

क-कसले कुन अवार्ड पाए?

उत्कृष्ट पार्श्व संगीत : ईमान बिक्रम शाह (चपली हाईट २)

उत्कृष्ट ध्वनि पुन मुद्रण : मनोज राज मैनाली (जात्रा)

उत्कृष्ट द्वन्द निर्देशक : रोशन श्रेष्ठ (किङ)

उत्कृष्ट नृत्य निर्देशक : बिक्रम स्वाँर (लुट २)

उत्कृष्ट पार्श्व गायन : मिना निरौला (लुट २)

उत्कृष्ट संगीतकार : कालीप्रसाद बास्कोटा (पुरानो डुङ्गा)

उत्कृष्ट सम्पादक : मित्र गुरुङ (जात्रा)

उत्कृष्ट छायांकार : शैलेन्द्र डी कार्की (पुरानो डुङ्गा)

उत्कृष्ट पटकथा लेखन : रामबाबु गुरुङ, उपेन्द्र सुब्बा (पुरानो डुङ्गा)

उत्कृष्ट नव अभिनेत्री : श्रृष्टी केसी (गाजलु)

उत्कृष्ट नव अभिनेता : आयुष्मान श्रेष्ठ देसराज जोशी(चपली हाईट २)

उत्कृष्ट सहअभिनेत्री : मेनुका प्रधान (पुरानो डुङ्गा)

उत्कृष्ट सहअभिनेता: माउत्से गुरुङ (पुरानो डुङ्गा)

उत्कृष्ट चलचित्र पत्रकार : सुशिल पौडेल

उत्कृष्ट व्यवसायिक चलचित्र : छक्का पञ्जा

उत्कृष्ट हास्यकलाकार पुरस्कार : केदार घिमिरे (छक्का पन्जा)

उत्कृष्ट अभिनेत्री : प्रियंका कार्की (छक्का पञ्जा)

उत्कृष्ट अभिनेता : विपिन कार्की (जात्रा)

उत्कृष्ट निर्देशक : दिपाश्री निरौला (छक्का पञ्जा)

उत्कृष्ट चलचित्र : छक्का पन्जा

जुरी अवार्ड : डाइङ क्यान्डल