Trending :
 

महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि एपीएफको जित्यो

माघ १०,२०७६

-

माघ १०, २०७६ काठमाडौं ।
काठमाडौंमा सम्पन्न पाँचौ संस्करणको एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधि जितेको छ ।
 
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको फाइनलमा न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
 
शुक्रबार भएको खेलमा न्यू डायमण्डविरुद्ध पहिलो र दोस्रो सेट लगातार जीतेको एपीएफले तेस्रो सेट गुमाउँदा खेल लम्बिएको थियो । एपीएफले न्यु डायमण्डलाई २५–२३, २५–२१, २३–२५ र २५-१८ को सेटमा पराजित गरेको हो ।
 
लगातार दोस्रो बर्ष च्याम्पियन बनेको एपीएफले २ लाख प्राप्त गरेको छ । उपविजेतामा सिमित भएको न्यू डायमण्डले १ लाख प्राप्त गर्यो ।
 
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गरेको थियो । तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ ।