Trending :
 

टर्कीमा शक्तिशाली भूकम्पको धक्का, केहीको मृत्यु, सयौं घाइते

माघ ११,२०७६

-

माघ ११, २०७६  काठमाडौं ।
 
टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् ।  
 
 
टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर  ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा आएका छन् ।  भूकम्पको धक्का  छिमेकी सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो । 
 
 
स्थानीय समयअनुसार शुक्रबार साँझ ५ः८८ मा भूकम्प गएको थियो । टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका  छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् ।  टर्कीको पश्चिम सहर जमितमा सन् १९९९ गएको भूकम्पमा १७ हजार मानिसको मृत्यु भएको थियो । 
एजेन्सी