Trending :
 

कोरोना भाइरसको संक्रमणबाट चिनमा २५९ को मृत्यु

माघ १८,२०७६

-

माघ १८,२०७६ काठमाडौं ।
 
अंग्रेजी नयाँ वर्षको सुरुआतसँगै देखिएको नोभेल कोरोना भाइरसको महामारीले चीनमा अहिलेसम्म २५९ जनाको मृत्यु भइसकेको छ । चीनमा मात्र भाइरसको संक्रमणबाट ११ हजार ७९१ संक्रमित भएको चिनियाँ सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 
 
तर, अनुसन्धानकर्ताहरुले भने चीनमा ७५ हजारभन्दा बढी संक्रमित भएको बताएका छन् । विश्‍भर १२ हजारभन्दा बढी संक्रमित भएको सीएनएनले जनाएको छ । 
 
हङकङस्थित अनुसन्धानकर्ताहरुले भने, चीनको वुहानमा जनवरी २५ सम्म ७५ हजार ८१५ जनामा संक्रमण भएको छ । अनुसन्धानर्कतामध्येका एक गाब्रियल लिउङले शुक्रबार प्रकाशित जर्नलमा भनेका छन्, बाहिर आएको संख्याभन्दा धेरै संक्रमित छन् । किनभने संक्रमण भएका सबैले जाँच गराएका छैनन् ।
 
यसको संक्रमण विश्‍भरका २४ मुलुकमा फैलिएको छ । अमेरिकामा सातजनामा कोरोनाको संक्रमण भेटिएको छ भने बेलायतमा दुईजना, भारतमा एक, नेपालमा एक, अस्ट्रेलियामा ९, जापान १७, दक्षिण कोरिया ११, थाइल्याण्डमा १९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी मलेसियामा ७, यूएईमा ४ जनामा नोभेल कोरोना भाइरसको संक्रमण देखिएको छ ।
 
विश्‍व स्वास्थ्य संगठनले शुक्रबारदेखि नै कोरोनाको संक्रमण तीव्ररुपमा फैलिन थालेपछि विश्‍वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनका सबै भू(भागमा कोरोनाको संक्रमण फैलिइसकेको जनाइएको छ । 
 
विभिन्‍न मुलुकले चीनबाट आउने पर्यटकमा अस्थाईरुपमा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले पनि आइतबारदेखि लागु हुने गरी १४ देनदेखि चीनमा रहेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गरेको  छ । 
 
अमेरिकाका स्वास्थ्य तथा मानव सेवा मन्त्री एलेक्स अजरले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेका छन् । 
 
चीनद्वारा अमेरिकाको आलोचना 
 
अमेरिकी विदेश मन्त्रालयलय शुक्रबार कोरोना भाइरसको संक्रमण बढेको र पहिलो संक्रमण चीनको वुहानमा भेटिएको चीन भ्रमण नगर्न चेतावनी दिएको थियो । 
 
अमेरिकाको उक्त प्रतिक्रियाको चीनले आलोचना गरेको हो । चीनले भनेको छ, ूयात्रा सल्लाहमा अमेरिकाले दिएको प्रतिक्रिया ुवास्तवमै स्वार्थपरकु छ ।ू 
 
अमेरिकाले ुमित्रवत सम्बन्धु मा धक्का पुर्‍याएको आरोप चीनको छ । चीनले आफू यस संक्रमणलाई नियन्त्रण गर्न सक्षम र सबल रहेको समेत बताएको छ । 
 
विभिन्‍न मुलुकले वुहानमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजान पहल गरिरहेका छन् । सीएनएन