Trending :
 

केन्याको एक विद्यालयमा भागदौड मच्चिदा १४ विद्यार्थीको मृत्यु

माघ २१,२०७६

-

माघ २१, २०७६ काठमाडौं ।
 
केन्याको एक प्राथमिक विद्यालयमा भागदौड हुँदा कम्तिामा १४ जना विद्यार्थीको मृत्यु भएको छ ।
 
राजधानी नैरोबीको उत्तर पश्चिममा रहेको काकामेगा प्राथमिक विद्यालयमा स्थानीय समय अनुसार साँझमा भएको भागदौडमा ४० भन्दा बढी बालबालिका घाइते भएको समाचारमा जनाइएको छ ।
 
सानो भर्‍याङबाट सबै विद्यार्थी एकै पटक निस्क्न खोज्दा भागदौड भएको हुन सक्ने अधिकारीहरुले आंशंका गरेका छन् ।
 
तर घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
गत वर्ष पनि नैरोबीकै एक प्राथमिक विद्यालयको भवन भत्किँदा आठ जना बालबालिकाको मृत्यु भएको थियो भने ६९ जना घाइते भएका थिए ।एजेन्सी