Trending :
 

चीनबाट लसुन आयात रोकिएसँगै मुल्य महँगियो

माघ २१,२०७६

-

माघ २१, २०७६ काठमाडौं ।
 
चीनबाट आयात रोकिएसँगै लसुन झण्डै तीन गुणाले महँगो भएको छ ।
 
एक महिनाअघि किलोको दुई सय ४५ रुपैयाँ खुद्रा मूल्य रहेको लसुनको भाउ बढेर किलोको ६ सय पाँच रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
 
आयात बन्द भएसँगै व्यापारीले यसअघि नै ल्याएको लसुनको भाउ बढाएका हुन् । कोरोना भाइरसको सङ्क्रमण बढेपछि चीनवाट आयात रोकिँदा लसुनको भाउ बढेको कालिमाटी थोक व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडाले बताउनु भयो ।
 
अहिले आयात ठप्प रहेको र गोदाममा भण्डारण गरिएको लसुन पनि सकिन लागेकोले अब केही दिनमा बजारमा सुकेको लसुन नपाइने उहाँको भनाइ छ । नेपालमा बर्सेनि करोडौँ रुपैयाँको सुकेको लसुन चीनबाट आयात हुने गरेको छ ।