Trending :
 

व्यवसायी आफैले चल्ला र अण्डा नष्ट गरेर कुखुराको मूल्य बढाए

माघ २२,२०७६

-

माघ २२, २०७६ काठमाडौं ।
व्यवसायीले ३० लाख चल्ला र तीन करोड अन्डा नष्ट गरेपछि कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्च भएको छ।
 
कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । 
 
मारिएका चचल्लाको मूल्य मात्र करिब १५ करोड हुन् आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्यबराबरका करिब ३ करोड ५० लाख अण्डासमेत नष्ट गरिएको उल्लेख छ ।
 
मूल्यवृद्धिको कारण ह्याचरी व्यवसायीले आफ्नै उद्योगमा आफैंले १० दिन हडताल गरी चल्ला र मासु उत्पादन बन्द गरेका थिए । उत्पादन लागतभन्दा सस्तोमा चल्ला बेच्न बाध्य हुनुपरेको भन्दै ह्याचरी उद्योगीले २२९ मंसिरदेखि ८ पुससम्म हडताल गरेका हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।