Trending :
 

लिभरपुल एफ ए कपको पाँचौँ चरणमा प्रवेश

माघ २२,२०७६

-

माघ २२,२०७६ काठमाडौं ।
लिभरपुल एफ ए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा तेस्रो डिभिजनको श्रीउजबरीलाई एक-शून्य गोल अन्तरले हराउँदै लिभरपुल पाँचौँ चरणमा प्रवेश गरेको हो । 
 
खेलमा रो शाउन विलियम्सकोआत्मघाती गोलका कारण लिभरपुल पाँचौं चरणमा पुग्न सफल भएको हो । अब लिभरपुलले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा  लिभरपुलले इतिहासमै सबैभन्दा कम उमेरका खेलाडीहरु मैदानमा उतारेको थियो ।
 
एफए कपअन्तर्गत चौथो चरणको रिप्लेमा सिनियर खेलाडीहरु जाडो बिदा मनाइरहेका बेला युवा खेलाडीले तेस्रो डिभिजनको श्रेसबरी टाउनलाई हराउँदै पाँचौं चरणमा स्थान बनाउन सफल भयो ।
 
यो खेलका लागि लिभरपुल टिमका खेलाडीको औसत उमेर १९ वर्ष १०२ दिन थियो । टिममा सात जना खेलाडी १९ वर्षभन्दा मुनिका थिए । खेलमा १९ वर्षे टोक्सटिथ बर्न जोन्सले कप्तानको भूमिका निभाएका थिए । १९ वर्ष र पाँच दिनका जोन्स लिभरपुलका सबैभन्दा कान्छा कप्तानसमेत बनेका छन् ।