Trending :
 

सिरियाका सैनिक विमान दुर्घटना

फाल्गुण २२,२०७३

-

टर्की—सिरियाको एउटा सैन्य जहाज टर्कीसँगको सीमा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सिरियासँग सीमा जोडिएको टर्कीको आकाशमा सो जहाज खसेको टर्कीका सुरक्षा अधिकारीले पुष्टि गरेका हुन्।

शनिबार साँझ ६:३० बजे सो जहाज खसेको र  सरकारी अधिकारीले उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो ।
 

सिरियासँग सीमा जोडिएको टर्कीको आकाशमा सो जहाज खसेको हटाया प्रदेशका गर्भनर इड्रल एटाको भनाइ उदृत गर्दै समाचार संस्था एन्डुलुले जनाएको छ। ‘सो जहाजले एयरस्पेस उल्लंघन गरेको थिएन। टर्कीको सुरक्षा फौजले कुनै हस्तक्षेप पनि गरेको थिएन। कुनै प्राविधिक गडबडीले जहाज खसेको हुनुपर्छ’, ती अधिकारीले भने।

 

घटनामा भएको मानवीय क्षतिबारे केही बताइएको छैन।