Trending :
 

कोरोना भाइरसबाट चिनमा मात्रै ५ सय ६५ जनाको मृत्यु

माघ २३,२०७६

-

माघ २३,२०७६ काठमाडौं ।
कोरोना भाइरसका कारण बुधबार मात्रै चीनमा थप ७३ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । त्यस्तै फिलिपिन्स र हङकङमा एक-एक जना गरी जम्मा ५६५ को मृत्यु भएको छ । 
 
चीनको वुहानबाट उद्धार गरिएका अस्ट्रेलियाली नागरिक क्रिसमस आइल्याण्डमा, उनीहरुलाई केही दिन क्‍वारेन्टाइनमा राखिनेछ तस्बिर स् रोयटर्स
 
धबार मात्रै थप ३ हजार ६ सय ९४ मा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने बढेको छ। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो।
 
त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।चीन र विश्वका विभिन्न दुई दर्जन मुलुकमा गरी संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।
चीनमा हालै फैलिइरहेको नोवल कोरोना भाइरसको संक्रमण लाई विश्वव्यापी संकट बन्न नदिन चीनले चालेका कदमको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रशंसा गरेको छ ।
 
डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानम घेब्रेयसुसले चिनियाँ कदम ‘उपयुक्त’ भएको उल्लेख गर्दै त्यसका कारण अन्य विश्व संकटबाट बचिरहेको जनाए । चीनले भाइरसको प्रकोप सुरुमै रोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला डब्लूएचओले प्रशंसा गरेको हो ।