Trending :
 

सामाजिक सञ्जालको विज्ञापनबाट वर्षमा ५ अर्ब विदेशीन्छः राष्ट्र बैंक

माघ २३,२०७६

-

माघ २३,२०७६ काठमाडौं ।
सामाजिक सञ्जालमा हुने विज्ञापनबाट वाषिर्क ५ अर्ब रुपैयाँ हाराहारीमा रकम विदेशीने नेपाल राष्ट्र बैंकले बताएको छ ।
 
मौद्रिक नीतिको समीक्षाका लागि सुझाव लिन आयोजना गरिएको कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ५ अर्ब रुपैयाँ विदेशीने गरेको अनौपचारिक तथ्यांकले देखाएको बताएका हुन् ।
 
उनले ठूलो परिमाणमा अवैधानिक च्यानलबाट रकम भित्रने गरेको भन्दै त्यसलाई नियमन गर्न लागिएको बताए ।
 
केहि दिनअघि सार्वजनिक सूचना जारी गरेर राष्ट्र बैंकले फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा गरिएको विज्ञापनको भुक्तानी वैधानिक च्यानलबाट नभए मुद्रा अपचलनको मुद्दा चलाउने बताएको थियो ।
 
मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा हुने विज्ञापनको भुक्तानी  भइरहेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए ।
 
‘सामाजिक सञ्जालमा गरिएका विज्ञापन वापत विदेशमा भुक्तानी पठाउने र विदेशबाट रकम प्राप्त गर्ने जुन चलन छ,त्यो गैरकानूनी हो’ मिश्रले भने,‘यसरी भुक्तानी गरे विदेशी विनिमय (नियमित गर्ने) ऐन अनुसार कारबाही हुने जानकारी दिए ।