Trending :
 

कोरोनाभाईरस संक्रमित चीनबाट चाँडो उद्धार गर्न भन्दै अभिभावकद्धारा स्वास्थ्य मन्त्रालयमा दबाब

माघ २३,२०७६

-

माघ २३, २०७६ काठमाडौं ।
चीनको हुबेइ प्रान्तमा अध्ययनरत विद्यार्थीका अभिभावकले आफ्ना सन्तानलाई सरकारले मरेपछि मात्रै उद्धार गर्न खोजेको आरोप लगाउँदै नभए यथासक्य चाँडो उद्धार गर्नका लागि आग्रह गरेका छन् ।
 
स्वास्थ्य मन्त्रालयमा दबाब दिन पुगेका उनीहरुसँग स्वास्थ्य राज्यमन्त्री नवराज रावत र प्रवक्ता महेन्द्र श्रेष्ठले छलफल गरिरहेका छन्। प्रवक्ता श्रेष्ठले स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने सबै तयारी गरिसकेको र माथिको आदेश पर्खिरहेको बताएका छन्।
 
अभिभावकले भने मन्त्रालयले उद्धारको नाटक गरिरहेको आरोप समेत लगाएका छन्। अहिले मन्त्रालयमा अभिभावक र राज्यमन्त्रीबीच छलफल भइरहेको छ। अभिभावकले उद्धारका लागि दबाब दिन दबाब समुहको गठन समेत गरेका छन्। ३०-४० जनाको संख्यामा उनीहरु बिहान १० बजे देखि नै मन्त्रालयमा जम्मा हुन थालेका थिए।