Trending :
 

न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै बङ्गलादेश पहिलो पटक यू-१९ विश्वकपको फाइनलमा

माघ २४,२०७६

-

माघ २४,२०७६ काठमाडौं ।
 
दक्षिण अफ्रिकामा भैरहेको यू-१९ विश्वकप २०२० को दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै बङ्गलादेश फाइनलमा पुगेको छ । 
 
अब बङ्गलादेशले उपाधिका लागि फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । बङ्गलादेशले पहिलो पटक यू-१९ विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । भारत र बङ्गलादेशबीचको फाइनल खेल आउँदो आइतबार हुनेछ ।
 
भारतले पहिलो सेमिफाइनलमा पाकिस्तानलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 
 
यसअघि भारतले ६ पटक फाइनल खेल्दा चार पटक उपाधि जितिसकेको छ । भारतीय टिमले यसपटक पनि फाइनल जितेको अवस्थामा पाँचौ पटक यू-१९ विश्वकपको उपाधि जित्ने रेकर्ड बनाउनेछ ।