रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी....’ सार्वजनिक

माघ २४,२०७६

-

माघ २४,२०७६ काठमाडौं ।
रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी....’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीतरएरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
 
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।
 
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोतारदर्शकमाझ पस्किएका छौ, यसले स्रोतारदर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।