Trending :
 

पाकिस्तानले जित्यो पहिलोपटक च्याम्पियन्स ट्रफी, १८० रनको भारत पराजित

आषाढ ०५,२०७४

-

असार ५ –

पाकिस्तानले साबिक विजेता भारतलाई पराजित गर्दै च्याम्पियन्स ट्रफी २०१७ को उपाधि जितेको छ ।

इंग्ल्यान्डको ओभलमा आइतबार भएको फाइनल खेलमा पाकिस्तानले भारतलाई १८० रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो पटक आईसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा कृतिमानी जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धा्रित ५० ओभरमा मात्र  ४ विकेट गुमाएर ३३८ रनको उच्च योगफल तयार गरेको थियो ।  बलियो भारतसामु उच्च लक्ष्य प्रस्तुत गर्ने क्रममा पाकिस्तानका ओपनर फखर जमानले शतकीय पारी खेले । शतक बनाएका जमानले १०६ बलमा ११४ रन बनाए । ११४ रन बनाउने क्रममा उनले १२  चौका ३ छक्का प्रहार गरे ।

पाकिस्तानका अर्का ओपनर अजहर अलीले  ५९ रनको अर्धशतकीय पारी खेल्दा  मोहम्मद हाफिज ५७ रनमा अविजित तथा  इमाद वासिम पनि २५ रनमा अविजित रहे ।  यस्तै पाकिस्तानमा बाबरआजमले ४६  तथा  सोयब मल्लिकले १२ रन बनाए ।  भारतका लागि भुवनेश्वर कुमार, केदार जाधव र रविन्द्र जडेजाले समान एक एक विकेट लिए  ।

जवाफी ब्याटिंग गर्न आएको भारतले ३०.३ ओभरमा केवल १ सय ५८ रन बनाउदै अलआउट भयो। भारतका ओपनिंग ब्याट्सम्यान रोहित शर्मा ० रनमै अलआउट हुन् पुग्दा भारतलाई ठुलो झड्का लग्यो । ओपनर रोहित शर्मा सुन्य रनमा आउट हुँदा कप्तान विराट कोहली मात्र ५ रनमा आउट भए । बलियो ब्याटिंग लाइन् अप भएको भारतका उत्कृष्ट ब्याट्सम्यानहरुले नै राम्रो ब्याटिंग गर्न सकेनन् । भारतका युवराज सिंहले २२, शिखर धवनले २१ तथा रबिन्द्र जडेजाले १५ रन जोडे । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधि ७६ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहेन । भारतलाई अलआउट गर्न पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले ३-३ तथा सदाब खानले २-२ विकेट लिए ।

प्रतियोगिताभर १३ विकेट लिएका पाकिस्तानका हसनल अली म्यान अफ दी सिरिज घोषित हुँदै गोल्डेन बल हात पारे । यस्तै, सर्वाधिक रन बनाएका भारतका शिखर धवनले गोल्डेन ब्याट प्राप्त गरे ।

योसँगै पाकिस्तानले भारतसँग समूह चरणमा बेहोरेको हारको बदला समेत लिन सफल भयो । समूह चरणको खेलमा भारतले समूह चरणको खेलमा पाकिस्तानलाई १२४ रनले पराजित गरेको थियो ।

यता, पाकिस्तानसँग पराजित भएपछि भारतको च्याम्पियन्स ट्रफीमा ह्याट्रिक गर्ने भने सपना अधुरो रह्यो ।