Trending :
 

झापामा बैशाख ६ र ७ गते क्यान्सर सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने

माघ २४,२०७६

-

माघ २४,२०७६ काठमाडौं ।
प्रदेश एकमा रहेको एकमात्र क्यान्सर अस्पताल पूर्वाञ्चल क्यान्सर अस्पतालले झापाको धुलाबारीमा क्यान्सर सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
 
मानिसहरुलाई क्यान्सरको विषयमा सचेतना फैलाउने उदेश्यले क्यान्सर सम्बन्धि सम्मेलन गर्न लागिएको अस्पतालले जनाएको छ ।
सम्मेलन आगामी बैशाख ६ र ७ गते दुईदिन हुने अस्पतालले जनाएको छ ।
 
प्रदेश एकको झापामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल प्रदेश एकमा पहिलो पटक सञ्चालित क्यान्सर अस्पताल हो ।
 
गत पौष १६ गते देखि सञ्चालमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न एवं असहाय तथा जेष्ठ नागरीकलाई लक्षित गरेर शय्या शुल्कमा छुटको समेत व्यवस्था गरेको छ ।
 
नेपालमा रहेका क्यान्सर पीडित नागरीकलाई कम समय तथा उचित लागत मा उपचार गर्ने उदेश्यले क्यान्सर अस्पताल स्थापन गरीएको अस्पतालले जनाएको छ ।