Trending :
 

नव किरण लघुवित्त वित्तिय संस्थाको केन्द्रीय कार्यलय काभ्रेको धुलिखेलमा

माघ २५,२०७६

-

माघ २५,२०७६ काठमाडौं ।
नव किरण लघुवित्त वित्तिय संस्था लिमिटेडको केन्द्रीय कार्यलय काभ्रेको धुलिखेलमा शुभारम्भ गरिएको छ ।
 
संस्थाको शनिबार एक कार्यक्रमका बिच धुलिखेल नगरपालिकाका पूर्व मेयर एंव प्रमुख अतिथी बेल प्रसाद श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।
 
चुक्ता पुँजी ६ करोड ७६ लाख रहेको संस्थाले ग्रामिण भेगका जनतालाई लक्षित गरि साखा र कार्यक्रमहरु विस्तार गर्दै लैजाने उदेश्य लिएको संस्थाका सिईओ गंगाधर पाण्डेले बताए ।
 
कार्यक्रममा संस्थामा योगदान पुर्याउने व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
 
नव किरण लघुवित्त वित्तिय संस्था नेपाल राष्ट्र बैंकबाट ’घ“ वर्गको मान्यता प्राप्त गरेको छ ।