Trending :
 

भारतले पाम तेल आयातका लागि लाईसेन्स लिनुपर्ने,निर्यात गर्ने नेपाल सहितका देशलाई सहज

माघ २६,२०७६

-

माघ २६,२०७६  काठमाडौं ।
भारत सरकारले पाम तेल आयात गर्नका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ ।
 
भारतले गरेको यो व्यवस्थासँगै नेपालसहित भारतमा पाम तेल निर्यात गर्दै आइरहेका मुलुकका लागि सहज हुने देखिएको छ ।
 
यसअघि भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो ।
 
भारतको वैदेशिक व्यापार महानिर्देशकको कार्यालयले पाम तेल आयातका लागि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो ।
 
लाइसेन्स लिने व्यक्ति वा संस्थाले जहाँबाट पनि अब सहज रुपमा पाम तेल किन्न सक्नेछन् ।
 
नेपालको वाणिज्य मन्त्रालयले भारतमा लाइसेन्स लिनेले जहाँबाट पनि आयात गर्न पाउँने जनाएको छ ।