विशाल र प्रविशाको सुमधुर स्वरमा आयो नयाँ गित “तिमि हौ”...(भिडियो सहित)

माघ २८,२०७६

-

माघ २८,२०७६ काठमाडौं ।
विशाल निरौला र प्रविशा अधिकारीको सुमधुर स्वरमा रहेको नयाँ गित “तिमि हौ” बजारमा आएको छ ।
 
गीतलाई संगीत, रचना तथा संगीत सयोजन बिशाल निरौलाले गरेका छन् । गीतको म्युजिक भिडियोमा टिकटकमा भाइरल बनेकी मोडल दिया जी.सीको अभिनय देख्न सकिन्छ ।
 
दियासंगै नेपाली गीत संगीतको म्युजिक भिडियोमा सबैको प्रिय बन्न सफल ओ.बि रायमाझी र सौगात मिश्र पनि देखिएका छन् । उनिहरुकोको अभिनय समायोजनले पनि यस गीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नु मन मुटुमा सजाउने कुरालाई कुनै शंका राख्न सकिंदैन ।
 
किन कि “तिमि हौ” बोलको गीतको म्युजिक भिडियोलाई काहीं कतै कन्चुसाई नगरी निर्माण गरिएको छ ।प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन तथा कोरियोग्राफी प्रथम क्षेत्रीले गरेका हुन् भने छायांकन ज्ञानेन्द्र शर्मा र प्रमोद श्रेष्ठ त्यसैगरी सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । 
 
 
भिडियो हेर्न लिंक क्लिक गर्नु होला-
https://www.youtube.com/watch?v=xTHp5g34NNo&feature=emb_logo