Trending :
 

क्रिकेट विश्वकप लिग २ः चारै खेलमा ओमानको ‘क्लिन स्विप’

माघ २८,२०७६

-

माघ २८, २०७६ काठमाडौं ।
ओमानले अमेरिकालाई ९२ रनले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा ‘क्लिन स्विप’ गरेको छ । त्रिकोणात्मक शृंखलाका सबै चार खेल जित्नेक्रममा ओमानले अमेरिका र नेपालमाथी २, २ को विजय हात पारेको हो ।
 
ओमानले अमेरिकालाई ९२ रनले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा ‘क्लिन स्विप’ गरेको छ। त्रिकोणात्मक शृंखलाका सबै चार खेल जित्नेक्रममा ओमानले अमेरिका र नेपालमाथी २, २ विजय हात पारेको हो।
 
कप्तान जिसान मक्सुद र उपकप्तान अकिब इल्यासको शतकमा ओमानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७६ रन बनायो। जबाफमा आएको ओमान ३९.१ ओभरमा १ सय ८४ रनमा अलआउट भयो। अमेरिकाले पहिलो तीन खेल नै हारिसकेको छ र टोलीले बुधबार नेपालसँग अन्तिम खेल खेल्दै छ।
 
ओमानले यस शृंखलामा लगातार चौथो खेल जितेर अमेरिकासँगको दुरीलाई अझ फराकिलो बनाएको छ। ओमान १० खेलमा ८ विजय हात पार्दै १६ अंकका साथ शीर्ष स्थानमा छ। शृंखला अघि शीर्ष स्थानमा रहेको अमेरिका ११ खेलमा ६ मा विजय हात पार्दै १२ अंकका साथ दोस्रो स्थानमा छ। नेपालले ३ खेलमा एकमा मात्र विजय हात पार्न सकेको छ।
 
कीर्तिपुरको टर्निङ विकेटमा अमेरिकाका ब्याट्सम्यान मंगलबार पनि जम्‍न सकेनन्। निसर्ग पटेलले ३६ बलमा ५२ रन बनाए। उनले ४ चौका र ४ छक्का प्रहार गरे। पहिलो दुई खेलमा ओपनरको रुपमा फ्लप भएका एरोन जोन्स ४७ रन बनाई अविजित रहे। जोन्सले ७९ बल खेली ३ चौका प्रहार गरे।
 
ओपनर जेभियर मार्शल २३, इयान हल्यान्ड २८ र रुस्टी थेरोन १२ रनमा आउट भए। ओमानका अकिब इल्यास र बिलाल खानले ३,३ तथा कप्तान जिसन मक्सुदले २ र मोहम्मद नदिमले १ विकेट लिए।