Trending :
 

दिल्लीमा सांसद जितेका नरेश यादवको कार्केडमा गोलीबारी हुँदा एक समर्थकको मृत्यु

माघ २९,२०७६

-

माघ २९, २०७६ काठमाडौं ।
 
नयाँ दिल्लीको महरौली विधानसभाबाट जित हासिल गरेका आपका सांसद नरेश यादवको कार्केडमा मंगलबार राती करिब ११ बजे गोलीबारी भएको छ । 
 
घटनामा यादव बच्न सफल भएका छन् तर एक समर्थकको गोली लागेका कारण मृत्यु भएको छ । अर्का एक व्यक्ति घाइते छन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।
 
नरेश यादव मन्दिरबाट दर्शन गरेर घर फर्कने क्रममा एक युवकले पछाडिबाट दुई राउन्ड फायरिङ गरेको भारतीय संचार माध्यमले जानकारी दिएका छन् ।
 
पुलिसका अनुसार घटनाको क्रममा गाडीमा सांसद नरेश यादवसँगै भएका समर्थक अशोक मान र हरेन्द्रलाई गोली लाग्यो । अशोकको मृत्यु भएको छ भने घाइते हरेन्द्रलाई अस्पतालमा भर्ना गरिएको छ । हमलाकर्ता फरार छन् । एजेन्सी