कोरोना भाइरसविरुद्धको खोप तयार हुन १८ महिनामा लाग्ने

माघ २९,२०७६

-

माघ २९, २०७६ काठमाडौं ।
विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको छ ।
 
डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण गरिएको बताए ।
 
उनले कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको पनि स्पष्ट पारे ।
 
चीनको वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ७ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
 
गत डिसेम्बरबाट सुरु भएको कोरोनाबाट प्रभावित हुनेहरुको संख्या ४२ हजार भन्दा बढी रहेको बताइएको छ । करिव दुई लाख जना चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको बताइएको छ ।
 
सोमबार मात्र चीनमा एक सय आठ जनाको मृत्यु भएसँगै भारइरस नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै रोग प्रभावित मुख्य भूमि चीन र डब्लूएचओको आलोचना भएको छ ।
 
चीनको वुहान शहर र आसपासका मानिस बढी प्रभावित भएका छन् । भाइरसका कारण एक जना अअमेरिकी नागरिकको मृत्यु भएको छ भने हङकङ र फिलिपिन्समा पनि एक एक जनाको मृत्यु भएको छ । भाइरसका कारण २५ देश प्रभावित भएको बीबीसीले जनाएको छ ।
 
भाइरस महामारीको रुपमा फैलिन थालेपछि अधिकांश देशहरुले चीनबाट फर्कने नागरिकलाई चेकजाँचमा कडाइ गर्नुका साथै क्वारेन्टाइनमा राख्न थालेका छन् भने सीमहरुमा कडाइसमेत गरेका छन् । एजेन्सी