Trending :
 

सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभो प्रा.लि.बीच छुट सम्बन्धि सम्झौता

फाल्गुण ०१,२०७६

-

फागुन १,२०७६ काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल, रुपन्देही स्थित क्लव दे नोभो प्रा.लि. बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
 
बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले  क्लवको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
 
उक्त सम्झौता पत्रमा बैंकका बुटवल शाखा प्रबन्धक यादव भट्टराई र क्लव दे नोभा प्रा.लि.का प्रबन्धक अर्जुन गैरेले हस्ताक्षर गर्नुभएको छ ।