Trending :
 

रसुवा भन्सार कार्यालयमा सात महिनामा ८५ प्रतिशत राजस्व संकलन

फाल्गुण ०१,२०७६

-

फागुन १,२०७६ काठमाडौं ।
 
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि माघ मसान्तसम्ममा ७ अर्ब ९७ करोड ३५ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 
 
यो आर्थिक वर्षमा ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले जनाएको छ । 
 
पछिल्लो समय रसुवागढी नाकाबाट आयात तथा निर्यात गर्नेक्रम बढ्दै गएका कारण राजस्व संकलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउनुभयो ।
 
कार्यालयका अनुसार गएको साउन महिनामा  ४६ करोड ७८ लाख ९१ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा १ अर्ब ३ करोड ५ लाख ४८ हजार रुपैयाँ संकलन भएको थियो । यस्तै, भदौ महिनामा ९३ करोड ५७ लाख ८३ हजार रुपैयाँ उठाउने लक्ष्य लिएकोमा १ अर्ब ५१ करोड २६ लाख ९० हजार रुपैयाँ संकलन भएको थियो । 
 
असोज महिनामा १ अर्ब ४० करोड ३६ लाख ७४ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा १ अर्ब ३८ करोड ८० लाख ३२ हजार रुपैयाँ उठेको थियो । कार्तिक महिनामा ९३ करोड ५७ लाख ८३ हजार  रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको कार्यालयले १ अर्ब ४७ करोड १ लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
 
यस्तै मंसिर महिनामा ९३ करोड ५७ लाख ८३ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकोमा १ अर्ब ९१ लाख ९१ हजार रुपैयाँ  र पुस महिनामामा ४६ करोड ७८ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गर्ने योजना रहेकोमा ८२ करोड ८३ लाख ५५ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।