Trending :
 

केजरीवालले लिए मुख्यमन्त्रीको सपथ, तर मन्त्रिपरिषदमा महिला सहभागिता छैन

फाल्गुण ०४,२०७६

-

फागुन ४,२०७६ काठमाडौं ।
आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
 
यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई कायमै राखेका छन् । तर मन्त्रिपरिषदमा महिला सहभागिता छैन । र, यसलाई लिएर केजरीवालमाथि प्रश्न उठाइएको छ ।
 
आम आदमी पार्टीका सपथ ग्रहण समारोहका लागि प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएको थियो । तर प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वारायणी पुगेका छन् ।