टोटनह्यामले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले हरायो

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्यामले संघर्षपूर्ण जित निकालेको छ ।
 
गएराती भएको टोटनह्यामले एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
 
खेलको नवौं मिनेटमा टोबी अल्डरविरेल्डको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएको थियो ।
 
तर, खेलको २७ औं मिनेटमा अल्डरविरेल्डले नै गोल गर्दै टोटनहमलाई १-१ गोलको बराबरीमा ल्याए ।
 
४५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाए ।
 
खेलको ५३ औं मिनेटमा ब्जोर्न एन्जल्सले गोल गर्दै घरेलु टोलीलाई २-२ को बराबरीमा फर्काए ।
 
तर, खेलको इन्जुरी समयमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३–२ को जित दिलाए ।
 
जितसँगै टोटनहमले २६ खेलबाट ४० अंक जोडेको छ ।
 
टोटनहम लिगको पाँचौं स्थानमा रहेको छ । एस्टन २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।