Trending :
 

अन्तर्राष्ट्रिय करातेमा नेपाल च्याम्पियन

आषाढ ०६,२०७४

-

असार ६ –

प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

आईडब्लुएफन कराते संघको आयोजना भएको प्रतियोगितामा २४ स्वर्णसहित नेपाल प्रथम भएको हो । ४ स्वर्ण सहित भारत दोस्रो र १ स्वर्ण जितेको भुटान तेश्रो स्थानमा रह्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा राजेन्द्र राई तथा महिलामा शिवा भण्डारी उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा पुष्पराज नेगी तथा महिलामा रोइसा चौधरी उदीयमान खेलाडी घोषित भए । उत्कृष्ट र उदीयमान चारै खेलाडी नेपालका हुन् ।

प्रतियोगितामा नेपालबाट १ सय ३५ पुरुष र ७० महिला, भुटानबाट ९ पुरुष तथा भारतबाट १ सय ४० पुरुष र ३० महिला गरी जम्मा ३ सय ८४ खेलाडीले विभिन्न २९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।