‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा...’(भिडियो)

फाल्गुण ०५,२०७६

-

फागुन ५,२०७६ काठमाडौं ।
गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा...’ सार्वजनिक भएको छ ।
 
राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा...’को भिडियो सार्वजनिक भएको हो ।
 
वसन्ताको दोस्रो एल्बम ‘साधना’मा रहेको गीत हो यो । उनको पहिलो एल्बम ‘मनमा’ रहेको थियो । 
 
डा. राजुबाबु श्रेष्ठको शब्द, राजनको कम्पोज, आमोश तामाङको एरेञ्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोलाई प्रदीप श्रेष्ठले निर्देशन तथा कोरियोग्राफ गरेका छन् । 
गीतको भिडियोमा अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीलाई फिचरिङ गरिएको छ । 
 
https://www.youtube.com/watch?time_continue=1&v=eW0LcZ3gsV0&feature=emb_logo