Trending :
 

यू-१९ विश्वकप क्रिकेट छनोटमा १८ खेलाडी

आषाढ ०६,२०७४

-

असार ६ –

सिंगापुरमा हुने 'आइसीसी यू-१९ विश्व कप छनोट- एसिया २०१७' का लागि दोस्रो चरणमा १८ खेलाडी छानिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का एसिया हेर्ने विकास अधिकृत वेन्कापति राजु, नेपाली सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू–१९ टोलीका प्रशिक्षक विनोदकुमार दासको छनोट समितिले दोस्रो चरणको छनोट गरेको हो ।

गत सोमबार देखि शनिबारसम्म कीर्तिपुरस्थति टीयू मैदानमा भएको सुपर लिगको आधारमा खेलाडी छनोट गरिएको हो । सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्नेमध्येबाट १८ खेलाडी दोस्रो चरणका लागि छनोट भएका हुन् । दोस्रो चरणमा छनोट भएका १८ मध्ये १४ खेलाडीले अन्तिम टोलीमा स्थान पाउनेछन् भने चारजना वैकल्पिकमा झर्नेछन् ।  टोलीमा अदिल खान र सन्दीप जोराले पहिलोपटक स्थान बनाएका छन् । अन्य खेलाडीमा पनि पुरानै अनुहारको बाहुल्य छ ।

छनोट प्रतियोगिता ३१ असारदेखि हुनेछ । छनोटमा शीर्ष स्थान हात पार्ने एक टोलीले विश्वकप खेल्नेछ ।

नेपाली टोली 
सन्दीप लामिछाने, अनिलकुमार साह, किशोर महतो, सुशान्तसिंह थापा, विक्रमकुमार भुसाल, प्रकाश केसी, पवन सराफ, सन्दीप जोरा, रिजन ढकाल, प्रनित थापामगर, साहब आलम, रसिद खान, मोहमद आसिफ शेख, सन्दीप सुनार, ललितनायारण राजवंशी, रोहितकुमार पौडेल, अदिल खान, दीपेन्द्रसिंह ऐरी