कोरोनाभाइरसबारे नेपालमा चालिएका सुरक्षाका कदम अपर्याप्त
-
फागुन १३,२०७६ काठमाडौं ।
वुहानमा देखापरेको कोरोनाभाइरसबारे नेपालमा चालिएका सुरक्षाका कदम न्यूनतम पनि अपर्याप्त छन् ।
चीनमा दैनिक एक सय जनाको हाराहारीमा मानिसको ज्यान लिइरहेको कोरोनाभाइरस नेपाल छिर्यो भने यसबाट उत्पन्न परिणाम निकै भयाभय हुने डा. दिलजान मन्सुरले बताएका छन् । कोरोनाभाइरस प्रतिरोधका लागि पूर्वतयारी आवश्यक हुन्छ ।
विश्व स्वास्थ्य संगठन र चीन आफैले परीक्षणबाट बताए बमोजिम यो भाइरसको उत्पत्ति दुई दिनदेखि १४ दिनभित्रमा हुने भनेको थियो । चीनले पनि सोही बमोजिम एक महिनाजति हे(यो तर वुहानमा एक व्यक्तिमा २७ दिनपछि पनि संक्रमण देखिएपछि भने कोरोना देखापर्ने अवधिलाई लम्बाइयो ।
जापानमा डाइमन्ड क्रुजबाट लगिएका व्यक्तिको अवस्था १४ दिनको क्वारेन्टाइनमा नेगेटिभ देखिएको थियो तर ३० दिनपछि पुनः भाइरस देखाप(यो । अतः विशेषज्ञले भाइरस देखापर्ने समय बढाएका छन् ।
कोरानाको अवधि व्यक्तिको रोग प्रतिरोधी क्षमताअनुसार फरकफरक हुन्छ । यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा राखिएको थर्मल स्क्यानर बिग्रिएको तीन साता बितिसक्दा पनि मर्मत गरिएको छैन ।
हाल चीन र कोरियाबाट आउने यात्रुलाई एउटा स्क्यानर र ‘इन्फ्रारेड थर्मोमिटर’ बाट ज्वरो नाप्न थालिएको छ । भएको स्क्यानरले समेत तापक्रममा उतारचढाव देखाउने गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । कान्तिपुर दैनिकमा खबर छ ।