कोरोनाको प्रकोप बढ्दै गएपछि दक्षिण कोरियामा तत्काल नेपाली श्रमिक नपठाउन आग्रह

फाल्गुण १३,२०७६

-

फागुन १३,२०७६ काठमाडौं ।
दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि रोजगारीका लागि नेपाली कामदार तत्काल नपठाइने भएको छ । वैदेशिक रोजगार विभागले कोरियामा कोरोनाको संक्रमण बढ्दै गएकाले नेपाली कामदार नपठाउन आग्रह गरेको जनाएको छ । 
 
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आगामी फागुन १८ गते कोरिया पठाउन लागिएको नेपाली कामदार नपठाउन सिफारिस गरिएको बताए । 
 
दक्षिण कोरियामा सरकारिस्तरबाट नेपाली कामदार पठाउँदै आएको छ । हालसम्म दक्षिण कोरियामा सरकारीस्तरबाट करिब ४० हजार नेपाली गएको दाहालले बताए ।
 
उता, दक्षिण कोरियास्थित नेपाली राजदूतावासले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सचेतना अपनाउन कोरियामा रहेका नेपालीहरूलाई आग्रह गरिसकेको छ ।
 
सिओलस्थित राजदूतावासले सबैभन्दा बढी प्रभावित थेगु तथा आसवासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरूलाई विशेष सावधानी अपनाउन राजदूतावासले आग्रह गरेको छ ।