पहिलो समावेशी नेशनल पावर न्युज म्युजिक अवार्डको उत्कृष्ट मनोनयन सार्वजनिक
-
फागुन १४,२०७६ काठमाडौं ।
नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ ।
पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन सार्वजानिक गरेको हो।
नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्ष देखी यस अवार्डको आयोजना हुदै आएको कार्यक्रमका संयोजक कमला जोशीले बताएकी छिन् ।
नेशनल पावर न्यूज म्यूजिक अवार्डको नेपाली मुलभाषा अन्तर्गत (स्वदेशगान, गजल, आधुनिक, पप, र लोकदोहोरी, मौलिक लोक गीत) ६ विधा सहित नेपालमा वोलिने विभिन्न राष्ट्रिय भाषाहरुमा नेपाल भाषा, देउडा, तामाङ, सेलो, काँठे, राई, थारु, सतार (सन्थाली) , लिम्बु , सुनुवार, भोजपुरी÷मैथली, लगायत भाषाको उत्कृष्टको छनौट गरी मनोनयन सार्वजानिक गरिएको कार्यक्रमका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।
नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० मा नेपाली मुल भाषा अन्तगर्त पप÷आधुनिक र लोक दोहोरी तर्फ उत्कृष्ट स्वर, संगीत, शव्द र भिडियो रहने छन् त्यसै गरी नव गायक गायिका र मोडलहरु समेत रहेका छन् ।
गजल र स्वदेश गीतमा भने उत्कृष्ट शब्दको आधारमा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।