Trending :
 

इटालीबाट युरोपमा कोरोनाको प्रकोप फैलिएको पुष्टी

फाल्गुण १४,२०७६

-

फागुन १४,२०७६ काठमाडौं ।
 
अधिकांश युरोपियन मुलुकहरुमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका छन् । ती सबै युरोपियन मुलुकहरुमा इटालीबाट कोरोनाको प्रकोप फैलिएको बताएका छन् । 
 
अस्ट्रिया, क्रोएसिया र स्विजरल्यान्डले इटालीबाट भ्रमण गरेर आएका व्यक्तिहरुमा कोरोना भाइरस देखिएको बताएका छन् । ल्याटिन अमेरिकामा पनि कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको बताएको छ । इटालीबाट फर्किएका ब्राजिलियन नागरिकमा कोभिड-१९ भेटिएको पुष्टि गरिएको छ ।
 
इटाली अहिले युरोपको कोरोना इपिसेन्टर बनेको छ । इटालीमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भइसकेको छ भने तीन सयभन्दा बढी संक्रमित बनेका छन् । तर, इटालीका छिमेकी मुलुकहरुले सीमा बन्द गर्नु उपयुक्त नहुने बताएका छन् ।
 
यस्तै अल्जेरिया तथा उत्तर अफ्रिकामा पनि संक्रमण पुष्टि भएको छ र यी देशले पनि संक्रमित व्यक्ति हालै इटालीबाट आएको बताएका छन् ।
 
फ्रान्स, जर्मनी र इटालीका स्वास्थ्य मन्त्री तथा युरोपियन युनियन कमिसनको बठकमा कोरोना भाइरस संक्रमणको विषयमा छलफल भएको छ । बीबीसी