Trending :
 

अनिल कुम्बलेले दिए राजीनामा

आषाढ ०७,२०७४

-

असार ७ –

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक अनिल कुम्ब्लेले प्रशिक्षकबाट राजीनामा दिएका छन् । आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएको दुई दिनपछि भारतीय टिमका कप्तान विराट कोहलीसँगको मतभेदका कारण अनिलले राजीनामा दिएका हुन् ।

कुम्ब्लेको एक वर्षे कार्यकाल च्याम्पियन्स ट्रफीसम्मका लागि मात्र थियो । त्यसका बावजुत पनि कुम्बेलेल वेष्टइन्डिज भ्रमणसम्मका लागि भारतीय टिम हेर्ने सहमती भएको थियो । तर, फाइनलमा पाकिस्तानसँग पराजित भएसँगै भारतीय खेलाडीले प्रशिक्षकको आलोचना गरेका थिए । विशेषगरी कुम्ब्ले र कप्तान कोहलीबीच मतभेद बढेको थियो ।

सल्लाहकार समितिले गत वर्ष नयाँ प्रशिक्षकको चयनका लागि कुम्ब्लेसँगै अन्य ६ जनाको अन्तर्वार्ता लिएको थियो । कुम्ब्लेसँगै समितिले भारतका पूर्वक्रिकेटरहरू सचिन तेन्दुलकर, सौरभ गांगुली र भिभिएस लक्ष्मणको पनि नाम सिफारिस गरेको थियो । त्यसैले यी तीन नामबाटै अबको प्रशिक्षको टुंगो लगाइने बताइएको छ ।