Trending :
 

डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर लगाउने निर्णय

फाल्गुण १५,२०७६

-

फागुन १५,२०७६ काठमाडौं ।
सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्‍याएको छ । 
 
बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । 
 
गत फागुन १२ गते बसेको मन्त्रिपरिषद  बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो । 
 
 
बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५  रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर रु ५ थपेर रु १० पुर्‍याइएको हो ।