Trending :
 

प्रियंका र आयुष्मानले गरे अदालती बिहे

फाल्गुण १५,२०७६

-

फागुन १५,२०७६ काठमाडौं ।
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन् । प्रियंकाले आयुष्मानसँगको तस्वीर शेयर गर्दै कानूनी रुपमा बिहे गरेको जानकारी दिएकी हुन् ।
 
बिहिबार प्रियंका कार्कीको जन्मदिन पनि हो । जन्मदिनको अवसर पारेर प्रियंका र आयुष्मानले कानूनी बिहे गरेका हुन् ।
 
यी दुईको बिहेमा परिवारका सीमित सदस्य उपस्थित थिए । उनीहरुले ललितपुर जिल्ला अदालतमा बिहे गरेका हुन् ।
 
भोलि शुक्रवार यो जोडीले नेपाली परम्पराअनुसार बिहे गर्नेछ ।