Trending :
 

कोरोना भाइरसका कारण कोरिया र जापानका पर्यटकको पनि बुकिङ रद्द

फाल्गुण १६,२०७६

-

फागुन १६, २०७६  काठमाडौं ।
 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक आगमनमा पनि असर पर्न थालेको छ । 
 
नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्त थालेका छन् । 
 
कोरिया, जापानलगायत मुलुकका पर्यटकको बुकिङ पनि रद्द भइरहेको पर्यटन व्यवसायीले बताएका छन् । फेब्रअरीदेखि सुरु हुने पर्यटकीय सिजनमा यो बेला चिनियाँसँगै, जापान, कोरियासहित युरोपियन मुलुकबाट पनि पर्यटक आउँथे । 
 
तर कोरिया, जापानलगायत मुलुकका पर्यटकले बुकिङ रद्द गरिसकेको व्यवसायीले बताए । 
 
युरोपियन मुलुकका केही पर्यटकको बुकिङ अझैसम्म रहिरहे पनि भाइरस संक्रमण कम नभए ती मुलुकका पाहुनाको बुकिङ पनि रद्द हुनसक्ने चिन्ता व्यवसायीको छ । नागरिक दैनिक