Trending :
 

उपत्यका समन्वय समितिको आयोजनामा रक्तदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

फाल्गुण १७,२०७६

-

फागुन १७,२०७६ काठमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति ललितपुरको आयोजनामा रक्तदान तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
 
शनिबार ललितपुरको जाउलाखेलमा भएको कार्यक्रममा कलाकारहरुको नाक, कान र घाटीको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।
 
कार्यक्रमकी प्रमुख अतिथि एंव ललितपुर उपमहानगरपालिकाकी उपमेयर गिता सत्यालले राष्ट्रलाई अघि बढाउन कलाकारहरुको उल्लेख्य भुमिका रहेको भन्दै प्रशंम्सा गरिन । 
 
उपत्यका समन्वय समितिले स्वस्थ्य शिविर सञ्चालन गरेको प्रति धन्यवाद दिदै कलाकारहरुलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत सुझाव दिईन ।
 
उपत्यका समन्वय समिति ललितपुरका अध्यक्ष सुजन बराईलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न स्थानमा रहेर योगदान गर्ने व्यत्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
Image may contain: 4 people, including Uma Kc, people sitting
 
कार्यक्रमलाई सफल पार्न बिभिन्न ब्यक्ति र संघ संस्थाहरुबाट आर्थिक सहयोग समेत प्राप्त भएको थियो ।
 
कार्यक्रमको सञ्चालन केन्द्रिय सदस्य तथा सञ्चारकर्मी राज कुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ती” रहेका थिए ।