Trending :
 

५औं राष्ट्रिय ओमा कम्फु च्याम्पीयनसिप २०२० सम्पन्न

फाल्गुण १८,२०७६

-

फागुन १८,२०७६ काठमाडौं ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ ५औं राष्ट्रिय ओमा कम्फु च्याम्पीयनसिप २०२० सम्पन्न भएको छ ।
 
काठमाडौंको रित कलेजको प्रांगणमा शनिबार सम्पन्न प्रतियोगितामा तारकेश्वर ओमा कम्फुको टिमले विभिन्न तीन विधामा पद हात पारेको छ ।
 
सानो विधामा २५-३० केजीमा निङ्मा तामाङले गोल्ड मेडल, ४०-४५ केजीमा सिओम सुनुवारले पनि गोल्ड मेडल, राज लामाले ३०-३५ केजीमा ब्रोन्ज मेडल जितेका छन् । 
त्यसैगरी ठुलो विधामा निङ्मा तामाङले ब्रोन्ज मेडल, सिओम सुनुवारले सिल्भर मेडल प्राप्त गरेका छन् । 
 
यसैगरी अर्को एक ठुलो विधामा निङ्मा तामाङले सिल्भर मेडल, मनिस पुतुवारले ब्रोन्ज मेडल प्राप्त गरेका छन् ।
 
विजेता खेलाडीहरुलाई तारकेश्वर कुम्फु र टिम म्यानेजरको तर्फबाट रामकृष्ण भट्टले शुभकामना दिदै पराजित खेलाडहिरुलाई आगामी दिनमा मेहनत जारी राख्न सुझाव दिएका थिए ।