Trending :
 

नेप्सेमा दोस्रो पटक नेगेटिभ सर्किट लागेपछि कारोबार स्थगित

फाल्गुण १९,२०७६

-

फागुन १९,२०७६ काठमाडौं ।
सेयर बजार परिसुचक नेप्सेमा दोस्रो पटक नकारात्मक सर्किट लागेपछि कारोबार दिनभरिका लागि स्थगित भएको छ । एकैदिन बजार ६ प्रतिशतले घटेपछि सोमबार दिनभरिका लागि कारोबार स्थगित भएको हो । 
 
१२ बजरे ४६ मिनेट जाँदा ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि स्थगित भएको थियो । पुनः कारोबार सुरु भएको ४ मिनेटमा नै बजार थप १ प्रतिशतले घटेपछि आजका लागि कारोबार स्थगित भएको छ । 
 
नेप्समा सुरुको १ घण्टामा बजार ४ प्रतिशतले घटेमा २० मिनेट २ घण्टामा छ प्रतिशतले घटेमा ४० मिनेट र त्यपछि ६ प्रतिशतले घटेमा दिनभरिका लागि कारोबार स्थगित हुने व्यवस्था रहेको छ ।