अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसबाट थप चार जनाको मृत्यु
-
फागुन १९,२०७६ काठमाडौं ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ ।
कोभिड-१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ ।
ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका छन् । सो क्षेत्रमा हालसम्म १८ जनामा यस रोगको संक्रमण देखिएको छ । यसको संक्रमण अझै फैलन सक्ने त्रास फैलिएको छ ।
वासिङ्टनमा भएका पहिलो दुई मृत्युको अनुसन्धान गरिरहेका विज्ञहरुले हप्तौँदेखि भाइरस फैलिरहेको हुनसक्ने र यसबाट १५ सयभन्दा बढी प्रभावित भइरसकेको हुनुपर्ने अनुमान गरेका छन् ।
वासिङ्टनको स्वास्थ्य अधिकारी केथी लोफीका अनुसार अहिले वासिङ्टनका दुई काउन्टी किङ र स्नोहोमिसमा भाइरसको संक्रमण ‘सक्रिय’ रुपमा फैलिरहेको देखिएको छ । अन्य ठाउँमा पनि भाइरसको संक्रमण फैलिरहेको हुनसक्ने उनले बताएकी छन् । एजेन्सी