कोरोनाको आशंकामा शुक्रराज ट्रपिकल भर्ना गरिएका ४ जनाको रिपोर्ट नगेटिभ देखिएपछि घर फर्किए
-
फगुन २०,२०७६ काठमाडौं ।
कोरोना भाइरस संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका ४ जना डिस्चार्ज भएका छन् ।
दक्षिण कोरियाबाट फर्किएका २ सहित ४ जना नेपाली कोरोना संक्रमणको आशंकामा आइतबार टेकु अस्पताल भर्ना भएका थिए ।
कोरोना संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुको नमूना (स्याम्पल) संकलन गरी परीक्षण गरिएको थियो । नमूना संकलन गरिएको ७२ घण्टापछि आएको रिपोर्टमा उनीहरुलाई संक्रमण भएको नदेखिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।
‘कोरोना संक्रमणको आशंकामा भर्ना भएका चारै जनाएको रिपोर्ट नेगेटिभ आएको छ,’ प्रवक्ता डा. बास्तोलाले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई डिस्चार्ज गरिएको छ ।’
प्रवक्ता बास्तोलाका अनुसार कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका १ जनामा भने इन्फ्लूएन्जाको संक्रमण देखिएको छ ।
एन्फ्लूएन्जाको संक्रमण भएका व्यक्तिलाई भने चिकित्सकको सल्लाहमा थप उपचार गर्ने गरी आराम गर्न सल्लाह दिइएको बास्तोलाले बताए ।