Trending :
 

क्षमादेवी ग्रुपले नयाँ ब्राण्डका स्वीच र स्वीच गियर नेपाल भित्र्यायो

फाल्गुण २१,२०७६

-

फागुन २१,२०७६ काठमाडौं ।
क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर नेपालमा भित्र्याएको छ ।
 
नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो । 
 
सोमबार डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर सार्वजनिक गरिएको छ ।
 
कार्यक्रममा क्षमादेवी ग्रुपका प्रमुख होमबहादुर बस्नेतले थप बजारको आवश्यकता र मागलाई सम्बोधन गर्न गुणस्तरीय विद्युतीय सामग्री पु¥याउने उद्धेश्यले बहुराष्ट्रिय कम्पनी एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच तथा स्वीच गेयरहरु बजारमा ल्याएको बताए ।
 
कम्पनीको मुख्य लक्ष्य गुणस्तरीय सामानहरुको बिक्रि वितरण गर्र्नु रहेको भन्दै उनले यस प्रोडक्टको बजारीकरणमा प्रमुख भूमिका डिलरहरुको रहने भएकाले विगतका दिनमा जस्तै आगामी दिनहरुमा पनि सहयोग गर्न सबै डिलरहरुलाई आग्रह गरे ।