Trending :
 

कोरोनाका कारण अमेरिकामा ११ जनाको मृत्यु, क्यालिफोर्नियामा आपतकाल घोषणा

फाल्गुण २२,२०७६

-

फागुन २२,२०७६ काठमाडौं ।
कोरोनाभाइरस (कोभिड-१९) ले अमेरिकामा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ ।
 
अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको बीबीसीले जनाएको छ ।
 
अधिकारीहरुका अनुसार विश्वमा अहिले ९२ हजार बढी कोरोनाभाइरसका बिरामी भेटिएका छन् । जसमध्ये ८० हजार चीनमा मात्रै छन् ।
 
तीनहजार बढीको मृत्यु भइसकेको छ ।