Trending :
 

प्रधानमन्‍त्रीको पछिल्लो स्वास्थ्य अवस्था सामान्यतर्फ, कालो चिया दिन सुरुः चिकित्‍सक

फाल्गुण २२,२०७६

-

फाल्गुन २२, २०७६ काठमाडौं ।
 
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । 
 
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्‍त्री ओलीको शल्यक्रियापछिको अवस्था सामान्य रहेको जानकारी दिए ।
 
उहाँलाई कालो चिया दिन सुरु गरिएको उनले बताए।
 
बुधबार शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। साढे चार घण्टा लामो शल्यक्रियामा प्रा।डा। उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा.पवनराज चालिसे, डा। सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी थिए। 
 
भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा.अनन्त कुमार पनि टोलीमा सामेल थिए। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्‍त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए। ओलीलाई भान्जीले मिर्गौला दान गरेकी हुन्।
 
पछिल्लो पटक मिर्गौलाको समस्या आएयता करिब आठ महिनादेखि प्रधानमन्त्री ओली विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए । 
 
करिब तीन महिनाअघि उनको प्रत्यारोपण गर्ने तयारी भइरहँदा एक्कासि एपेन्डिसाइटिसको संक्रमण देखिएपछि प्रक्रिया स्थगित गरिएको थियो । त्यसताका एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।