चैत १ बाट हुने भनिएको ईपीएल क्रिकेट कोरोनाका कारण स्थगित
-
फागुन २२,२०७६ काठमाडौं ।
राष्ट्रिय खेलकदु परिषद् (राखेप)ले खेल प्रतियोगिताहरु रोक्ने तयारी गरेको छ ।
कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले सभा, सभारोह तथा धेरै मानिसहरुको जमघट हुने कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।
तर मोफसलमा नकआउट फुटबल प्रतियोगिता भइरहेका छन् भने अरु खेलका पनि ठूलो प्रतियोगिता हुँदैछ ।
खेल प्रतियोगिताहरु के गर्ने भन्ने छलफल भइरहेको राखेप सदस्य सचिव रमेश सिलवालले बताए ।
ईपीएल क्रिकेट स्थगित
एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ ।
चैत १ बाट सुरु हुने यो सिजन बिग बोस क्रिस गेलसहितका स्टार खेलाडीहरु आउने पक्का भएको थियो । तर विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।
ईपीएल पालिका प्रमुख अमिर अख्तरले भने, ६/७ महिनादेखि ईपीएलको तयारी गरेका थियौं । खेलाडी र फ्यानहरुको सुरक्षाका कारण प्रतियोगिता तोकिएको समयमा गर्न नसकिने भयो । अर्को सूचना नआएसम्मका लागि स्थगित गरेका छौं ।’
विश्वकप छनोटका खेलहरुबारे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)सँग छलफल गरेर निर्णय लिने सदस्य सचिव सिलवालले जानकारी दिए ।
नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा खैल्ने तालिका छ । तर अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिएको बताइएको छ ।