कोरोना नियन्त्रणका लागि भारतबाट अत्यावश्यक सामग्री आयात गर्ने सरकारको निर्णय
-
फागुन २२,२०७६ काठमाडौं ।
सरकारले नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतबाट आवश्यक सामग्री आयात गर्ने निर्णय गरेको हो ।
चीनको वुहानबाट फैलिएको कोरोनाको जोखिम विश्वव्यापी रूपमा बढिरहेको छ । नेपालमा पनि मास्कलगायत सामग्रीहरूको अभाव भइरहेका बेला सरकारले त्यस्ता सामग्री भारतबाट आयात गर्ने निर्णय गरेको हो ।
बिहीबार बसेको नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उड्ययन क्षेत्रमा सावधानी अपनाउने निर्णय गरेको छ । बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल उपस्थित थिए ।
त्यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापा, मुख्यसचिव लोकदर्शन रेग्मी सहभागी रहेको समितिले जानकारी दियो । बैठकले विमानस्थलमा प्रिफ्याब निर्माण गर्ने विमान सेवा कम्पनीलाई यात्रुको सुरक्षा जाँचका विशेष ध्यान र सावधानी अपनाउन निर्देशन दिने निर्णय गरेको बताइएको छ ।